दाङ : प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गथामुगः (गठेमङ्गल) अर्थात् घण्टाकर्ण पर्व मंगलबार तुलसीपुर नेवार समाजले तुलसीपुरको वीरेन्द्रचोकमा मनाएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउने गर्छन्।परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाट