काठमाडौँ – भक्तपुरका नेवार समुदायले गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाएका छन्। गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर शनिबार घण्टाकर्ण पर्व मनाइएको हो। यो पर्व साउन शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर […]