सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।
काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अ...