कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...