नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोक्ने निर्णय

२० पुस, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । ‘….सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण […]

सम्बन्धित सामग्री

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

नारायणहिटी दरबार संग्राहलय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने विषयले बतास समूह यतिवेला चर्चामा छ । रेस्टुरेन्टका लागि भवन निर्माणको काम तीव्र पारेपछि त्यसको चर्को विरोध भयो।  बताससँगै उसलाई रेस्टुरेन्ट सञ्चालनका लागि अनुमती दिने ...

बतासलाई नारायणहिटी छिराउन ठेक्कामै गरिएको थियो ‘सेटिङ’

२१ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मौखिक निर्देशनमा अर्को निर्णय नभएसम्मका लागि दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले मंगलबार नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन दियो । तर, रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का पाएर छिरेको बतास समूह अन्तरगतको बी म्यानेजमेन्ट प्रालि नारायणहिटीबाट सधैँका लागि निस्कने/ननिस्कने तय […]

मन्त्री आलेको निर्देशनमा रोकियो नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने काम

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिक निर्देशनमा रोकिएको छ । मन्त्री आलेले आज मङ्गलवार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई रेस्टुरेन्ट निर्माणको काम तत्कालै रोक्न निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशनपछि समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको हो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दर...

नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम राेक्न निर्देशन

नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

असार ९, दमक । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।  १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् ।  कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनियर यादवको भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ । नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ । ‘कोभिडको दोस्रो लहर नआइदिएको भए यतिबेला छैटौँ तला बनिसक्थ्यो’, इञ्जीनियर यादवले भने, ‘महामारीका कारण आधा जति कामदार घर फर्किए, आधाले काम गर्दा अलि ढिलो भयो ।’ हाल भ्यूटावरमा ६० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । कोभिड–१९ को संक्रमणका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएको उनले बताए । हाल कार्यरत मजदूर सिरहा र सप्तरीतिरका रहेका छन् । विसं २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग छ महिनाको म्याद थपका लागि पहल भइरहेको उनले बताए ।  अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्यचौकी बनाइने भएको छ । पश्चिमतिर ओपन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधारणबाट डिजाइन गरिएको छ ।  टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैंक, बुटिकलगायतका व्यावसायिकस्थलहरु रहने भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणकार्यको नियमित रेखदेख र गुणस्तरको अनुगमन गरिरहेको जानकारी दिइएको छ । रासस