दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

असार ९, दमक । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।  १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् ।  कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनियर यादवको भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ । नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ । ‘कोभिडको दोस्रो लहर नआइदिएको भए यतिबेला छैटौँ तला बनिसक्थ्यो’, इञ्जीनियर यादवले भने, ‘महामारीका कारण आधा जति कामदार घर फर्किए, आधाले काम गर्दा अलि ढिलो भयो ।’ हाल भ्यूटावरमा ६० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । कोभिड–१९ को संक्रमणका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएको उनले बताए । हाल कार्यरत मजदूर सिरहा र सप्तरीतिरका रहेका छन् । विसं २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग छ महिनाको म्याद थपका लागि पहल भइरहेको उनले बताए ।  अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्यचौकी बनाइने भएको छ । पश्चिमतिर ओपन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधारणबाट डिजाइन गरिएको छ ।  टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैंक, बुटिकलगायतका व्यावसायिकस्थलहरु रहने भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणकार्यको नियमित रेखदेख र गुणस्तरको अनुगमन गरिरहेको जानकारी दिइएको छ । रासस

सम्बन्धित सामग्री

अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

काठमाडौँ – जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य […]

२७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न

हुम्ला – नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ। सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ। बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट […]

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा

७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग  निर्माण कार्य पूरा भएको छ। आयोजनाको ड्याम रहने मित्लुङ र पावर हाउस रहने थुम्बाबेसीसम्मको करिव तीन हजार ४ सय मिटर सुरुङमार्ग निर्माण कार्य...

कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएन

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो । नेपाल सरकारले आर्थिक वर्ष ०६५/०६६ मा तीन वर्षमा सकिने गरी प्रस्ताव गरेको […]

पोखरा विमानस्थलको ८४% निर्माण कार्य सम्पन्न

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सम्पन्न भएको छ ।करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।गत वर्ष पहिलो लहरको कोरोना र यस चालू आर्थिक वर्षमा पनि दोस्रो लहरको कोरोनाका कारण कामदार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।...

काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको निर्माण कार्य पूरा

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।...

आयोजना कर्मचारीको मृत्यु भएपछि सुपरदोर्दी ख को निर्माण कार्य बन्द

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ख आयोजनाको निर्माण कार्य बन्द भएको छ । बिहीबार  जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द...