प्रधानमन्त्री ओलीद्वारा एमाले पार्टी कार्यालयको नयाँ भवन निरीक्षण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गर्नुभएको छ । बुधबार थापाथलीस्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ । हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ । थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको र वैशाख १ गते सर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

गुल्मी पुगेर राेइन् रामकुमारी

गुल्मी : शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विगतलाई स्मरण गर्दै भक्कानिएकी छन्।एकीकृत समाजवादी पार्टी गुल्मीको शुक्रवार  पार्टी कार्यालय उद्घाटन गर्दै पहिले एमालेमा रहँदा मदनआश्रित एमाले पार्टी कार्यालय गुल्मीको भवन निर्माणमा आफूले बाँस बोकेको र गिटी कुटेको स्मरण गर्दै उनी भक्कानिएकी हुन्।गुल्मीमै आफूले मेहनत गरेर बनाएको पार्टी कार्यालय छाडेर भाडाको पार्टी कार्यालय उद्घाटन गर्नुपर्दा मनमा दुःख लागेको र आफू भक्कानिनु परेको उनले बताइन्।एमाले पार्टी कार्या

यसकारण एमाले पार्टी कार्यालय थापाथलीबाट च्यासल सर्दै

काठमाडौं, पुस २। थापाथलीमा रहेको नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालय च्यासल सर्ने भएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय हालै संचालनमा आउने अवस्था नरहेपछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानसँग एमालेले पाँच ५ वर्षको सम्झौता गरिसकेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो । यसअघि […]

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ - एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने बैठक आज दिउँसो तीन बजे बस्नेछ ।  एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व…

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ - एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने बैठक आज दिउँसो तीन बजे बस्नेछ ।  एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व…

यस्तो बन्ने भयो एमाले मुख्यालय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको

यस्तो भव्य बन्नेछ बल्खुमा एमाले पार्टी कार्यालय

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए । वैशाख ६ गते बसेको...

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो । आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने ...

किन सर्दैछ एमाले पार्टी कार्यालय ?

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय सर्ने भएको छ । धुम्बाराहीमा रहेको पार्टी कार्यालय थापाथलीमा सर्न लागेको हो । एमालेले धुम्बाराहीमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो । अब भने थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक भवनमा सर्न लागेको हो ।