कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरूको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारी