एजेन्सी। तालिबान समूहले अफगानिस्तानको ९० प्रतिशत बोर्डर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले रुसी समाचार संस्थासँग अन्तरर्वार्ता दिने क्रममा यो दाबी गरेका हुन्। उनले ताजकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामध्ये ९० प्रतिशतमा आफ्नो नियन्त्रण रहेको दाबी गरेका हुन्। अफगानिस्तानबाट अमेरिका र नेटो सैनिक फिर्ता हुन थालेपछि तालिबानले अफगान सुरक्षा फौजमाथिको आक्रमणलाई तिव्रता दिएको छ।