मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।उनले भने, “मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ, स्थानीय तह, प्रदेश