मदिरा कारोबारलाई व्यवस्थित गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ। मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व-पश्चिम राजमार्गको उत्तर-दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने […]

सम्बन्धित सामग्री

शुक्लाफाँटा नगरपालिका च्याम्पियन

कञ्चनपुर जिल्ला क्रिकेट संघले गरेको तेस्रो पालिकास्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा दोधारा चाँदनी नगरपालिकालाई सुपर ओभरमा पराजित गरी शुक्लाफाँटा नगरपालिका टिम प्रतियोगिताको च्याम्पियन बनेको हो ।

‘बर्थिङ सेन्टर’ नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलालाई सास्ती

बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजार सरसफाइ गर्दै सुरक्षाकर्मी ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजार सरसफाइ गर्दै सुरक्षाकर्मी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा निकाय, विद्यार्थी, नेपाल प्रहरी, व्यवसायी लगायत सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । तस्बिर : रासस

वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर । वातावरण सन्तुलन राख्न मद्दत पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्‍याउन बायोग्यास, सुधारिएको चुलो र जलविद्युत्को विकल्पका रूपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।       विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाशसँगै स्थानीय बासिन्दामा स्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर बायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पु¥याउन प्रयास गरिएको नगरपालिकाका ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए । ‘बायोग्याससहित शौचालय निर्माण गर्नेलाई ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं,’ उनले भने । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ बायोग्यास प्लान्ट निर्माण भइसकेका छन् । चालू आवमा समेत २० भन्दा बढी बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर बायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ ओटै वडाका २५० घरघुरीलाई सुधारिएको चूलोसमेत वितरण गरिएको छ ।      ८० प्रतिशत रकम संघीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको हो । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् । रासस

भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । सो नगरपालिकामा सडक विस्तार, स्तरोन्नतीको काम धमाधम भइरहेको छ । सडक विस्तार तथा स्तरोन्नति अन्तर्गत नगरपालिकाको १२ वटै वडामा ट्रयाक, ग्राभेल, पानी पिचजस्ता काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले रातोपाटीलाई जानकारी दिए ।वडा नम्बर १२ का केही स्थानमा ग्राभेल हुन बाँकी रहेको र त्यसका लागि चालु आर्थिक वर्षमै केही बजेट छुट्याइसकेको उनले बताए । नगरपालिकाको साढे ३७ लाख र संघीय सरकारको साढे ३७

शुक्लाफाँटा नगरपालिका - प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी

कञ्चनपुर/ शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् । समूहमा आबद्ध ४० मध्ये २१ किसानलेरासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा

लोकभाका जगेर्ना गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्न कार्यक्रम अघि सारेको छ । नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारु समुदायको बसोवास रहेको छ । “पहाडी (डोटयाली) […]