बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटे खोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । आज साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटे खोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उनको भनाइ थियो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटे खोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो । “नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो स