सङ्कल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

विराटनगर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई य अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्कल्प यात्रा पहिचानवादी लक्षित नभएको भन्दै बन्द हडताल फिर्ता गर्न एमालेले आग्रह गरेको छ । सङ्कल्प यात्रा मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दै […]

सम्बन्धित सामग्री

गभर्नरलाई निलम्बनको निर्णय तत्काल फिर्ता लिन एमालेको आग्रह

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । नेकपा एमालेले  देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उपाध्यक्ष पौडेलले गभर्नरलाई निलम्बन गर्ने निर्णय अबिलम्ब फिर्ता गर्न आग्रह गरेका हुन् । गभर्नरले सरकारको अवान्छित आकांक्षा पुरा गर्न सहयोग नगरेकोको कारण सरकारले उनलाई हटाएको आरोप लगाएका छन् । उनले भने 'गभर्नरले गलत कामलाई अस्विकार गरेको, हस्तक्षेपलाई अस्विकार गरेको, सरकारलाई सच्चिन आग्रह गरेकोको लगायतका कारण निलम्बन गरिएको छ, म यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछु'। यदि उनलाई निलम्बन गर्ने निर्णय नसच्च्याएको खण्डमा देशको अर्थतन्त्र थप धरासायी हुने उनले बतए । यो एउटा व्यक्ति माथिको हस्तक्षेप नभई सिंगो प्रणालीमाथिको नग्न हस्तक्षेप रहेको बताए । नेकपा एमालेले सत्ता हस्तान्तरण गर्दा देशको अर्थतत्र सबल र सुद्रिड रहेकोमा अहिले अर्थतन्त्र संकटउन्मुख गएको उनले बताए । यदि सरकारले तत्काल सार्थक कदम नचाल्ने हो भने देश श्रीलंकाको बाटोमा जाने उनको भनाई थियो ।

एमालेको आग्रह– फागुन २ को संसद बैठक स्थगित गरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन दुई गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।  सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २...