गभर्नरलाई निलम्बनको निर्णय तत्काल फिर्ता लिन एमालेको आग्रह

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । नेकपा एमालेले  देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उपाध्यक्ष पौडेलले गभर्नरलाई निलम्बन गर्ने निर्णय अबिलम्ब फिर्ता गर्न आग्रह गरेका हुन् । गभर्नरले सरकारको अवान्छित आकांक्षा पुरा गर्न सहयोग नगरेकोको कारण सरकारले उनलाई हटाएको आरोप लगाएका छन् । उनले भने 'गभर्नरले गलत कामलाई अस्विकार गरेको, हस्तक्षेपलाई अस्विकार गरेको, सरकारलाई सच्चिन आग्रह गरेकोको लगायतका कारण निलम्बन गरिएको छ, म यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछु'। यदि उनलाई निलम्बन गर्ने निर्णय नसच्च्याएको खण्डमा देशको अर्थतन्त्र थप धरासायी हुने उनले बतए । यो एउटा व्यक्ति माथिको हस्तक्षेप नभई सिंगो प्रणालीमाथिको नग्न हस्तक्षेप रहेको बताए । नेकपा एमालेले सत्ता हस्तान्तरण गर्दा देशको अर्थतत्र सबल र सुद्रिड रहेकोमा अहिले अर्थतन्त्र संकटउन्मुख गएको उनले बताए । यदि सरकारले तत्काल सार्थक कदम नचाल्ने हो भने देश श्रीलंकाको बाटोमा जाने उनको भनाई थियो ।

सम्बन्धित सामग्री

दूरगामी निर्णय नगर्न गण्डकी सरकारलाई एमालेको आग्रह

गण्डकीमा अल्पमतमा रहेको नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दूरगामी निर्णय नगर्न नेकपा एमालेले आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।