सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारले ल्याएको प्रि– बजेटमाथि छलफलपश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिबी न्यूनीकरण गर्ने आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकारले दाबी ग