भूकम्पले घर ढाल्यो, पहिरोले टहरो

गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले मानवीय र भौतिक क्षति बेहोरेका रुकुमपश्चिमवासीले यो बर्खामा मनसुनजन्य विपत्बाट उस्तै क्षतिको सामना गर्नु परिरहेको छ । भूकम्पले घर भत्काएपछि टहराको सहाराका जीवन गुजारिरहेकामध्ये अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले एउटा विपत्को घाउ पुरिन नपाउँदै अर्को विपत्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो पोख्नुभयो ।

सम्बन्धित सामग्री

भूकम्पले घर लग्यो, पहिरोले ज्यान [भिडियाे]

गत वर्ष १७ कात्तिकको भूकम्पले घर भत्किएका जाजरकोटको नलगाड नगरपालिका– १ का ४२ वर्षीय लालबहादुर परियारको परिवार

भूकम्पले घर लग्यो, पहिरोले ज्यान

आइतबार राति पहिरोमा पुरिएको जाजरकोटको नलगाड नगरपालिका– १ का लालबहादुर परियारको टहरो । पहिरोमा पुरिएर

घरले भोको पेट अघाउँदो रैनछ : भूकम्प पीडित

बागलुङ : काठेखोला गापा–५ बिहुँ करिलिममा एकैनासका १० घर छन्। सिमेन्टका ब्लगको पर्खाल अनि नीलो जस्ताको छानो। झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी छन् तर यहाँका बस्ने दलित समुदायको पीडा छुट्टै छ। वि.सं. २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरूको घर भत्कियो। त्यसै बर्खा गावै पहिरोले चिराचिरा पर्‍यो।घरसहित भएभरको सम्पत्ति पहिरोको उच्च जोखिममा परेपछि उनीहरू घरबासविहीन भए। केही वर्ष उनीहरू छरछिमेकी र आफन्तको आश्रय लिएर बसे। सरकारले १० घरपरिवारलाई गत वर्ष बिहु

पहिरोले दोलखाको खोलिखिम बजार तहसनहस, सबै विस्थापित

भूकम्पले भत्काएपछि नयाँ बनाएको घरमा बस्न नपाउँदै विगु गाउँपालिका–४ खोलिखिमका रोबहादुर श्रेष्ठ पहिरोले घर पुरिएपछि शिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन्, पहिरो हेरेर एकोहोरिन्छन् । साउन २३ मा माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

भूकम्पपछि तंग्रिएको खोलिखिम पहिरोले तहसनहस

नयाँ बनाएका घरमा बस्न नपाई भूकम्पले भत्काएपछि बल्लतल्ल तंग्रिएका खोलिखिमका रोबहादुर श्रेष्ठ पहिराले घर पुरिएपछि सिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन् पहिरो हेरेर एकोहारिन्छन् । गएको २३ गते माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

भूकम्पपछि ठड्याइएका घर पहिरोले लडायो

गौरीशंकर गाउँपालिका–१ झगरेधाराका डम्बरबहादुर खत्रीले घर बनाएको ३ महिना मात्र भयो । ४ वर्षअघि भूकम्पले ढालेको घर ३ लाख सरकारी अनुदान र १२ लाख ऋण काडेर उनले एक तलाको उठाए । उनले घर बनाए पनि पैसा अभावमा सबै पूरा गर्न सकेका थिएनन् । लाखौं खर्च गरेर बनाएको घरमा उनी सर्नसमेत भ्याएका थिएनन् ।

भूकम्पपछि बनाएको पक्की घर पहिरोले बगायो, फेरि टहरामै बास

२८ साउन, काठमाडौं । भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो । बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् …

अनुदानले जग्गा किन्दै भूकम्प पीडित

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले बाह्रबिसे नगरपालिका–५, गातीका चन्द्रबहादुर सुनारको घर मात्र भत्काएन, सँगै निम्तिएको पहिरोले गावै पुरेर थातथलो नै मेटाइ दियो । घरसहित सम्पत्तिको नाममा रहेको थोरै जमिनमा पहिरोमा परेपछि पाँच सदस्यीय सुनार परिवार गाउँबाट विस्थापित भयो । उनको परिवार ३२ महिनादेखि अरुको जमिनमा जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ।

भूकम्पपछि फेरिएको लाङटाङ (फोटोफिचर)

बि.सं २०७२ मा आएको भूकम्पले रसुवा जिल्लाको लाङटाङका करीब ६० वटा घरहरु भत्काएको थियो। बिकट र पर्यटकीय क्षेत्र लाङटाङमा हिउँ पहिरोले पुरै गाउँ तहसनहस बनाउँदा सयौं मानिसको ज्यान गएको थियो। भूकम्पले क्षति पुर्‍याएको लाङटाङमा राहत र उद्दारको लागि स्थानीयले सरकारको धेरै समय प्रतिक्षा गर्नुपरेको थियो। आफन्त, परिवार र घर गुमाएपनि स्थानीयले भने हार मानेनन्। फेरी…

भूकम्पले ध्वस्त केरौँजावासीलाई छाडेन विपद्ले, पहिरोले बने झनै पीडित

गोरखा: भूकम्पपछि स्थानान्तरण हुनुपर्ने वस्तीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ। भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाका ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले बताइन्। ‘बर्खाको बेला पानी आएको छ। गाउँको माथिबाट पनि पहिरो झर्न थालेको छ। तलबाट पनि उत्तिकै पहिरो आएको छ&rsq...