सर्लाही : गेलभेँडाको शहर भनेर चिनिने सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा १९ करोडको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँको तरकारी निकासी भएको हो।गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारकाे निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोडभेँडा रहेको छ भने गोलभेँडापछि बोडी निकासी भएको छ।बोडी एक करोड ९