‘सक्नेले कर बुझाऊ, नसक्नेलाई जरिवाना नगरिदेऊ’

निजी क्षेत्रका छाता संगठनहरूले निषेधाज्ञाका बेला कर बुझाउन नसक्ने व्यवसायीलाई जरिवाना नगर्न सरकारसँग माग गरेका छन् । उनीहरूले समर्थवान् व्यवसायीलाई भने कर बुझाउन अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् ।

सम्बन्धित सामग्री

कर छलेको अभियोगमा अभिनेता विजयमाथि लगाइयो १ लाखको जरिवाना

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थलापति विजयलाई अदालतले एक लाख जरिवाना लगाएको छ। कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो। सन् २०१२ मा विजयले इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए। सो समय उनले एक निवेदन पेश गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि…

कर छलेको आरोपमा अभिनेतालाई जरिवाना

दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो ।२०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए । अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा एकलाख रुपैया जरिवाना समेत गरेको हो ।अभिनेताले कमर्शियल कर विभागले लगाएको करको विरुद्ध  अदालतमा अपिल गर

निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिबृद्धि विवरण र कर बुझाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले आज निषेधाज्ञाको अवधिभर कर नबुझाउनेसँग जरिवाना असुल नगर्न आदेश जारी गरेको हो ।“कर विवरण बुझाउने अवधि थप गर्ने र प्रक्रिया सरलीकरण गर्नेलगायतका विषयमा निर्णय र प्रकाशित सूचना बमोजिम हुने नै हुँदा कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु” आदेशमा भनिए

कर छुट जरिवाना मिनाहा गर्न माग

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोरोना महामारीको अवधिमा भएको निषेधाज्ञाको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो । लामो समयदेखि भएको निषेधाज्ञाले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा […]

निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन  सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा  खड्काको एकल  इजलासले कर विवरण र दाखिला नगरेका कारण  जरिवाना र हर्जना नलिन अर्थ मन्त्रालयका नाममा आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्नका लागि सूचना जारी नगरे पनि   जरिवाना लगाएको पाइएको भन्दै अधिकारीले जेठ ३ गते  सर्वोच्चमा  रिट दायर गरेका थिए । निषेधाज्ञा तथा बन्दाबन्दीको

निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न आदेश

काठमाडौँ / सर्वोच्च अदालतले  निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश

निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक १५ […]

कर छुट गर्दै जरिवाना नलगाउन माग

व्यवसायीहरुले कोरोना महामारीबाट प्रभावित भएको अवस्थामा कर छुट गर्दै जरिवाना नलगाउन सरकारसँग माग गरेका छन् ।व्यापार व्यवसाय पूर्णतया ठप्प भएको अवस्थामा समेत सरकारले व्यवसायीसँग कर असुल्न नछाडेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं महासंघका कृषि उद्यम तथा अनुसन्धान केन्द्रका केन्द्रीय उपाध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुर्वण’ ले कर असुल्न छाडेर जरिवाना समेत नलगाउन माग गरेका […]

निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने

काठमाडौं। सरकारले कुनै निर्णय नगरे निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले अनलाइनको माध्यमबाट राजस्व तिर्न आग्रह गरेको छ। चैतमा मूल्य अभिवृद्धि कर (भ्याट) वैशाख २५ गतेभित्र तिर्नुपर्ने हुन्छ। यद्यपि, सरकारले कर तिर्न समय थप गर्ने निर्णय गरेमा भने विभागले सोहीअनुसार काम गर्ने विभागका महानिर्देशक झक्कप्रसाद आचार्य बताए।