नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरुलाई प्राथमिकता दिने (१० बुँदे घोषणापत्रसहित)

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीका हरेक महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवाहरुलाई राख्ने घोषणा गरेको छ। काठमाडौंको चन्द्रागिरिमा आयोजित पार्टीको पहिलो बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै युवाहरुलाई पार्टीमा प्राथमिकता दिने जनाएको हो। घोषणापत्रमा नेकपा एकीकृत समाजवादीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद र मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहेको उल्लेख छ। यस्तै, संगठनात्मक सिद्धान्त […]

सम्बन्धित सामग्री

माधव नेपालले जीवनकै ठूलो गल्ती गरेका छन् : घनश्याम भूसाल

२७ असार, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे […]

माधव नेपालको समाजवादी पार्टीका मन्त्रीलाई १० बुँदे निर्देशन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्।

१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए ।  ‘ओलीको...

ओलीको ट्याउँ-ट्याउँ सुन्नुभएको छ नि ! १० बुँदे भन्ने कस्तो हरिबिजोग : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीले आफ्नो आदेशको पालना गर्‍यो भने स्याबास भन्छन्। उ बस्न पाउँछ। आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको? भन्छन्। सुन्नुभएको छ नि १० बुँदेको ट्याउँ-ट्याउँ।’पार्टी विभाजनको क्रममा १० बुँदे सहमति भनेर आफ्नो साथ छाडेको तेस

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिए

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो । सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन् । तर, उनलाई साथ दिँदै आएका भीम […]

१० बुँदे कार्यान्वयन नभएकाले एमालेमा बस्ने अवस्था रहेन: भानुभक्त जोशी

काठमाडौं, २१ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आज (बिहीबार) बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र […]

माधव नेपालको निष्कर्ष : १० बुँदे फगत नाटक, लोकतन्त्रको रक्षार्थ विद्रोह

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको १० बुँदे सहमतिलाई नाटकको संज्ञा दिएका छन्।एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेर अघि बढेका नेपालले पहिलो केन्द्रीय कमिटीको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हामीले एकताको पहल गरिरह्यौँ। तर, ओली पक्षले निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाइरह्यो। सांगठानिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवं विचार र नवौं महाधिवेश

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व