यूएईमा अवकाशपछि पनि विदेशी श्रमिक बस्न पाउने

काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ । यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको हो । यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी नागरिकले चाहेमा यूएईमै रहन सक्छन् । तर रिटार्यडमेन्ट भिसा लिनका लागि यूएई सरकारले तोकेका मापदण्ड भने पूरा गर्नपर्छ । 

सम्बन्धित सामग्री

विदेशी श्रमिक नलिने मलेसियाको निर्णयको मारमा नेपाल

२८ फागुन, काठमाडौं । औपचारिक क्षेत्रमा आप्रवासी (विदेशी) श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ । मलेसियाले आगामी जुन महिनाको प्रारम्भ (१८ जेठ) देखि विदेशबाट श्रमिक नल्याउने गरी मलेसियन सरकारले निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजीव पोखरेलले नेपाल सरकार […]

८० प्रतिशत प्रतिष्ठानमा अनुमति नलिई विदेशी श्रमिक

नेपालमा सञ्चालित अधिकांश प्रतिष्ठानहरूले सरकारसँग अनुमति नलिई विदेशी श्रमिक नियुक्त गर्ने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको श्रम अडिट प्रतिवेदनअनुसार विदेशीलाई काममा लगाउने प्रतिष्ठानमध्ये ८० प्रतिशतले सरकारसँग...

१० हजार विदेशी श्रमिक काम गर्छन् नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं : नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ। यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ। विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब १ सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्।नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन्। बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ।सन्

सरकारी तहबाट श्रमिक लैजान अध्ययन गर्दै मलेसिया

मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भम्रण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनवापर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा अध्ययन गरेको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को भर्ना शुल्क लिएको विषय उठेपछि […]

मलेसियामा तीन क्षेत्रमा श्रमिक आपूर्ति खुला

विदेशी श्रमिक भर्ना गर्न रोक लगाइएका अन्य क्षेत्रको पनि अध्ययन गर्ने त्यहाँको मानव संशाधन मन्त्रालय र गृहमन्त्रालयले सहमति गरेका छन् ।

‘प्लान्टेशन’ क्षेत्रमा मलेसियाले विदेशी श्रमिक लिने

काठमाण्डौ – मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ । ‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिनेछ,’ उहाँले भन्नुभएको छ । तर मलेसियाल...

बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित

दोहा- बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् । बहराइनको नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच ) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् । एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै त्यहाँ कार्यरत नेपाली, भारतीय र अन्य केही मुलुकका श्रमिक आन्दोलनमा उत्रिएको एक नेपालीले बताए  । […]