विदेशी श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्नुहोस् : मलेसियाका मानव संसाधान मन्त्री

मलेसियाका मानव संसाधन मन्त्री भी शिवकुमारले रोजगारदातालाई श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । बाँकी प्रक्रिया पछि गर्दै गए पनि सुरुमा श्रम मापदण्ड पुगे नपुगेको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभएको द स्टारले लेखेको छ । यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई तीव्रता दिन र विदेशी श्रमिक ल्याउने विषयमा छुट दिएको उल्लेख गर्दै श्रम तथा अध्यागमन विभागले गर्ने समीक्षा पनि ६ ७ महिनाभित्र पूरा गरिने उहाँले बताउनुभयो । यस्तै उहाँले श्रमिक भर्ना आवेदनमा श्रमिकलाई थप सपोर्ट गर्ने प्रमाणित कागजात उपलब्ध...