काठमाडौं महानगरका मेयरलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको स्पष्टीकरण : जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। ‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँ

कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोध्यो निर्वाचन आयोगले

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति चुनावको मौन अवधिमा निर्वाचन संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने निर्णय गरेको समाचार सञ्चारमाध्यममा आएको आधारमा स्पष्टीकरण सोधिएको निर्वाचन आयोग स्रोतले जनाएको छ। सञ्चारमाध्यममा कांग्रेसले निर्वाचन संहिताप्रतिकूल हुने गरी निर्णय गरेको आएपछि त्यसबारे स्पष्टीकरण सोधिएको स्रोतले बतायो।  स्रोतका अनुसार २४ घण्टाभित्र निर्णयको प्रतिलिपिसहित जवाफ पठ

रवि लामिछानेको नागरिकता विवादमा अब आयोगले के गर्छ ?

लामिछानेले स्पष्टीकरण दिएपछि अधिकृतको  कार्यालयले सम्पूर्ण फाइल थप कारबाहीका लागि निर्वाचन आयोग काठमाडौं पठाउने छ ।

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]

पूर्वमन्त्री राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा […]

गगन थापालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगलले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रलोभन र अरूलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हु

निर्वाचन आयोगले गगन थापालाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार गगन कुमार थापालाई स्पष्टीकरण सोधेको छ । थापाले गरेको ट्वीटलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । ‘फेरी पनि काठमाडौँ क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरिएको भनी आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । स्पष्टीकरण पत्रमा भनिएको छ–निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।

पोखराका मेयरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१४ जेठ, काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत […]

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो : किन १५ हजार जरिवाना नगर्ने?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोग स्रोतका अनुसार भट्टराईलाई आजै स्पष्टीकरणको पत्र पठाइसकिएको छ। गोरखामा मतदानका क्रममा भट्टराईले आफूले मतदान गर्दा गोप्यता कायम नगरेको भन्दै स्पष्टीरण सोधिएको हो। 'उहालाई किन गोप्यता कायम नगरेको भनेर सोधिएको छ।…

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमका विषयवस्तु र क्रियाकलाप नियमन गर्नुपर्ने निर्वाचन आयोगले पछिल्ला दिनहरुमा आफैं सक्रिय भएर स्पष्टीकरण सोध्ने र समाचार हटाउने निर्देशन दिन थालेको छ ।