राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो। कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भुसाल, गङ्गा प्रसाद साह, मनु तामाङलगायतको समेत उपस्थिति थियो।