उद्योग व्यापारमा विविधीकरणको खाँचो छ

अहिलेसम्म कुनै पनि सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेको आभास हुन सकेको छैन । पूर्वाधार निर्माण, औद्योगिक वातावरण र योसँग सरोकार राख्ने नीति नियम केही पनि अनुकूल छैनन् । यो बीचमा यी कुराहरूमा जसरी गुणात्मक परिवर्तन आउनुपर्ने हो, त्यो भएन । अरू देशले जसरी उपयोग गरे, त्यो अवसरलाई त्यसरी हामीले उपयोग गर्न सकेनौं । व्यापारघाटा कम गर्न विद्युत् निकासीको कुरा हुन्छ । तर, राजनीतिकर्मीले नै लगानीको वातारण बन्न दिएका छैनन् । पर्यटन विकासको कुरा हुन्छ, तर पर्यटकमैत्री वातावरण छैन । उनीहरूलाई असल व्यवहार गरिँदैन । औद्योगिक क्रान्तिको कुरा मात्र हुन्छ, तर कुन क्षेत्रमा लगानी केन्द्रित गर्ने ? कुन क्षेत्रमा स्वदेशको लगानीकर्तालाई अघि बढाउने, कुन क्षेत्रमा बाहिरको आह्वान गर्ने केही स्पष्ट छैन । नेपालीले कुनकुन क्षेत्रमा काम गर्न सक्छन् ? हाम्रो उद्योगलाई अद्यावधिक गर्नु राज्यको पनि जिम्मेवारी हो । उद्यमका क्षेत्रमा अध्ययन र अनुसन्धानको अभाव छ । परम्परागत तरीकाले सीमित क्षेत्रमा लगानी भइरहेको छ । यसको विविधीकरण हुन आवश्यक छ । सरकारले यसका लागि प्रोत्साहन दिएको छैन । नेपाली उद्यमी आर्थिक रूपमा सक्षम नभएका क्षेत्रहरू, जस्तै– विद्युत्, खनिज, ठूला पूर्वाधारलगायतका क्षेत्रमा बाहिरको लगानी ल्याउनु पर्दछ । बाहिरको लगानी आएमा उनीहरूसँगको सहकार्यबाट नेपाली उद्यमीले सिक्न सक्छन् । नेपालको अर्थतन्त्रलाई उँभो लगाउने भनेको कृषि क्षेत्र नै हो । तर यसमा अपेक्षित काम त परको कुरा, त्यसअुसारको नीति पनि देख्न पाइएको छैन । नेपालको अर्थतन्त्रलाई उँभो लगाउने भनेको कृषि क्षेत्र नै हो । तर यसमा अपेक्षित काम त परको कुरा, त्यसअुसारको नीति पनि देख्न पाइएको छैन । अहिले देशमा आर्थिक संकट आएको भनिँदै छ । यो अचानक आएको त होइन नि । अर्थतन्त्रमा निरन्तर उदासीनताको परिणाम हो । आर्थिक उदारीकरणको फाइदा हामीले जुन तरिकाले लिनुपर्ने थियो, त्यो हुन सकेको छैन । अहिले ऊर्जाको संकट छ । ब्याजदर बढेको छ । बैंकका लगानीकर्ताले ब्याजदर सस्तो भएका बेला पैसा निकालेर अहिले ब्याज बढाएका छन् । बैंकको ८० प्रतिशत रकम ५० जनाको हातमा छ । आज जोसँग पैसा छैन, ऊ सबैभन्दा ठूलो उद्योगी भएर बसेको छ । प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको छैन । केराउ, मरिच, सुपारीजस्ता वस्तुको आयातमा पैसा गएको छ । यसमा नियामक निकाय किन उदासीन छ ? नेपालबाट सिमेन्ट र चामल निकासी गर्न सकिन्छ । यसका लागि सरकार तत्पर छैन । दालको निकासीमा अहिले सरकारी नीति अवरोधको रूपमा आएको छ । यसमा सामूहिक जिम्मेवारीको खाँचो छ । नीतिगत पहल हुनु पर्दछ । आज धनी र गरीबबीच असमानता बढ्दै छ । समाजमा मध्यम वर्ग हराउने जोखिम बढेर गएको छ । सरकारले यसलाई समयमै सम्बोधनको नीति लिएन भने यो ठूलो अर्थराजनीतिक दुर्घटनाको कारण हुन सक्दछ । आसेपासे पूँजीवादले यो समस्यालाई झन् चर्काएको छ । यसको निकास र अर्थतन्त्रको सापेक्ष लयका लागि सामूहिक जिम्मेवारी चाहिन्छ ।

सम्बन्धित सामग्री

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ :अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याएका छन्।...

रचनात्मक पत्रकारिताको खाँचो छः देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्।

कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो: सह-महामन्त्री पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो रहेको बताएका छन्। जनताको चाहाना अनुरूप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले ऊर्जा, आशा र अभिभावकत्वको खाँचो रहेको उनले बताए।...

काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छ: नेता भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताएका हुन् । उनले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ । उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरू छन् । ती सबै युवाहरू टाउको बन्ने की पुच्छर बन्

इथियोपियाका दुई करोड मानिसलाई सहायताको खाँचो

एजेन्सी । संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी एजेन्सी (ओचा)ले सन् २०२२ मा इथियोपियामा दुई करोडभन्दा बढी मानवीय सहायताको खाँचो रहेको औंल्याएको हो । इथियोपियामा आन्तरिक द्वन्द्व, खडेरी तथा प्राकृतिक प्रकोपका कारण नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको राष्ट्रसंघको भनाई छ । […]

बेरुजु फर्स्योटमा सुधारको खाँचो छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटमा सुधारको खाँचो रहेको औल्याएकी छिन् । बुधबार आयोजित महालेखा परीक्षकको कार्यालयले ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बेरुजु बढ्दै गएकाले त्यसमा सुधार गर्नुपर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले महालेखा...

सिरियामा मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको तत्कालै खाँचो परेको जनाएको छ।...

'सिरियामा मानवीय सहायताको खाँचो'

संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको जनाएको छ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका...

म्यानमारमा मानवीय सहायताको खाँचो छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । त्यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ । यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्

बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा...