सञ्चालनमा आए बन्द भएका चिया बगान

नेपाल चिया विकास निगम अन्तर्गतका चिया कमान सञ्चालनमा आएका छन् । चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको हो । सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आए पनि अधिकांश चिया कमान बन्द थिए ।

सम्बन्धित सामग्री

हेरिटेज ग्रुपद्वारा ३० करोड लगानीमा चिया उद्योग स्थापना

साउन १४,  झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याट्रेसलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले ३० करोड रुपैयाँ लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।            गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका छन् । प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसान बीचको विवाद समाधानमा योगदान पुर्‍याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।            उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए । भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ । वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् । रासस

कामविहीन बने चिया मजदुर

कोरोना कहरले बगान सञ्चालनमा नआउँदा चिया मजदुर कामविहीन बनेका छन् । यतिबेला झापाको टोकला, मित्तल र गुप्ता चिया बगानका ११५० बढी मजदुर कामविहीन बनेका हुन् । कोरोनाले धेरैको मजदुरी मात्र नगुमेरे, काममा भएकाहरु पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । सरकार चिया मजदृुरको पक्षमा उभिन […]

चिया बगान मजदुरका समस्या समाधान गर्न जाेड दिन माग

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चिया बगानमा काम गर्ने मजदुरहरुको अवस्था जटिल भएको भन्दै ध्यान दिन आग्रह गरिएको छ । सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले कोरोनाका कारण मजदुरहरुको परिवार संकटमा परेको भन्दै समयमा नै ध्यान दिन सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ । सञ्चालनमा रहेका चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना नभएको पनि सो अवसरमा आवाज उठेको छ । कोरोनाका कारण टोकला, मित्तल र गुप्ता चिया बगानका ११ सय ५० भन्दा बढी मजदुर कामविहीन भएको पनि मजदुर नेताहरुले बताएका छन् ।

टोकलालाई नगर प्रमुखको निर्देशन

उत्तम नेपाल, भद्रपुर टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सोमबार निर्देशन दिइएको छ । मेचीनगर नगरपालिकाको ७ र ८ नम्बर वडामा सञ्चालित टोकला चिया कमान स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख विमल आचार्यको टोलीले कारखानामै पुगेर यस्तो निर्देशन दिएको हो । नगर प्रमुख विमल […]