पर्वत : कास्कीको पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरे लगत्तै तीन ओटा निर्णयहरू गरेका छन्।जसमा न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने र पोखरालाई चिनाउन सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने रहेका छन्।पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्ने भनी काठमाडौँ पुगेर अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर यो बारेमा कुराकानी गरेका उनले पोख