विवादमा हनुमानढोका प्रहरी कार्यालयको पुरानो भवन

म्युजियम बनाउनुपर्ने प्रहरीको भनाइ, पुरातत्व विभाग भन्छ– भत्काएर खाली गर्नुपर्छ हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर खाली गर्नुपर्ने माग स्थानीय र पुरातत्व विभागले गरे पनि नेपाल...

सम्बन्धित सामग्री

खण्डहरमा परिणत भवन बेवारिसे

खण्डहर बनेको हनुमानढोका क्षेत्रमा रहेको प्रहरी कार्यालय भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि सो भवन अलपत्र छ । भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा रहे पनि विश्व सम्पदा क्षेत्रमा रहेकाले सरोकारवाला निकाय गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डा त्यस सम्बन्धमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । हनुमानढोका प्रहरी कार्यालयको जग्गाको क्षेत्रफल दुई रोपनी आठ आना छ ।

हनुमानढोका दरबार क्षेत्रको प्रतिष्ठा जोखिममा

हनुमानढोका दरबार क्षेत्रमा १९९० सालअघिसम्म तीनतले सत्तल थियो । नब्बे सालको भूकम्पले सत्तल भत्किएपछि त्यो पुनर्निर्माण हुन सकेन । विशाल मूर्ति कालभैरवको पश्चिमपट्टि साढे २ दुई रोपनी जमिनमा २०१५ सालमा प्रहरी भवन बन्यो । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार क्षेत्रमा रहेको जिल्ला प्रहरी परिसर कार्यालय टेकुमा सारियो ।

काठमाडौं महानगरका ३२ ओटै वडामा सरसफाइ

काठमाडौं । काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan City)का जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ ओटै वडामा सरसफाइ गरिएको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, ६ र ७ मा  सरसफाइ गरिएको छ ।  त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइ गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।  यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को  कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त)मा  सरसफाइ गरिएको छ । विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ । रासस

‘मापदण्डविपरीत संरचना रोक’

जिल्ला प्रशासन कार्यालयले हनुमानढोका दरबार क्षेत्रमा पुरातात्त्विक मापदण्डविपरीत बनिरहेको भवन निर्माण रोक्न महानगरीय प्रहरी प्रभागलाई आदेश दिएको छ ।