खण्डहरमा परिणत भवन बेवारिसे

खण्डहर बनेको हनुमानढोका क्षेत्रमा रहेको प्रहरी कार्यालय भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि सो भवन अलपत्र छ । भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा रहे पनि विश्व सम्पदा क्षेत्रमा रहेकाले सरोकारवाला निकाय गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डा त्यस सम्बन्धमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । हनुमानढोका प्रहरी कार्यालयको जग्गाको क्षेत्रफल दुई रोपनी आठ आना छ ।

सम्बन्धित सामग्री

भवन बने पनि सञ्चालनमा आएन अस्पताल, प्राङ्गण गौचरणमा परिणत

दमक (झापा) : गौरीगञ्ज–६ खजुरगाछीमा करोडौं रुपैयाँको लागतमा अस्पताल भवन बन्छ भनेर उठिबास भएकाहरु बेवारिसे भवन हेरेर सुकुम्बासी जीवन बिताइरहेका छन्। अस्पतालका लागि प्राप्त भएको जमिनमा १२ परिवार मोहीको रुपमा थिए। उनीहरुलाई उपयुक्त मुआव्जा दिने भनी २०६७ सालमा सो ठाउँबाट हटाइएको थियो। त्यसमध्येकै हुन्, ६० वर्षि...