तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु-याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।
हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आ...