काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्ने सहमतिले जनता पनि उत्साहित भएको बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमतिले जनता पनि उत्साहित भएको बताएका हुन्।