निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा समेटिएका योजना उत्कृष्ट र स्वागतयोग्य रहेको बताएका हुन् । रातोपाटीसँग नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनीहरूले सरकारले उत्कृष्ट योजना समेटे पनि कार्यान्वयनमा भने शंका व्यक्त गरे ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सन्तुलित नीति तथा कार्यक्रम ल्याएको बताए । उनले निजी क्षेत्रले दिए