काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।