जाडो छल्न धमाधम तराई झर्दै हुम्लावासी

सिमकोट – माथिल्लो हुम्लादेखि हवाई मार्गबाट तराई झर्ने स्थानीयको संख्या बढेको छ। चिसो अत्यधिक बढेसँगै विगत वर्षहरुको तुलनामा यसवर्ष जाडो छल्नेको संख्या ह्वात्तै बढेको हो। खार्पुनाथ गाउँपालिका– ३ का मिलन बोहराले परिवारसहित जाडो छल्न नेपालगञ्ज झर्ने तयारी गरेको बताए। उनले चिसो निकै बढेको कारण चैतसम्मका लागि नेपालगञ्ज बस्न जान लागेको जानकारी दिए। ‘खासै अन्य काम […]

सम्बन्धित सामग्री

मधेशमा शीतलहरले अत्यधिक चिसो: जनजीवन प्रभावित, सोलुखुम्बुका विद्यालय बन्द

धनुषा/ सोलुखुम्बु । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ । शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताए । चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् । यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए ।उनले भने, “बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।” यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ, यतिखेर बस्न सक्ने अवस्था नै छैन”,उनले भने । सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।रासस

दलित समुदायलाई जाडो छल्न परालकै आगोको भर

हरेक वर्ष तराई–मधेसका जिल्लाहरूमा आउने शीतलहरको चिसोबाट जोगिन गरिब दलित समुदायहरूलाई परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।

उखरमाउलो गर्मी बढेको मधेसमा सिरक वितरण !

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेर मतदातालाई रिझाउँदैछन् ।बटेश्वर गाउँपालि

चिसो छल्न तराई झर्दै हुम्ली

हुम्ला– उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् । मङ्सिरको […]

जाडो छल्न हुम्लाबासी तराई झर्दै

माथिल्लो हुम्लादेखि हवाई मार्गबाट तराई झर्ने स्थानीयको संख्यामा बृद्धि भएको छ । चिसो अत्यधिक बढेसँगै बिगत वर्षहरुको तुलनामा यसवर्ष जाडो छल्नेको संख्या बढेको हो ।

हिमपातपछि घर बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन गाउँपालिकाको पत्र

जुम्ला – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको माथिल्लो भेगमा कार्यरत कर्मचारीलाई दिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ । भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो । यहाँका स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारीहरू जाडो छल्न तराई झ...

जाडो छल्न तराई झर्ने घुमन्ते व्यापारी भन्छन्, ‘घाम चर्केपछि हिमाल नै प्यारो’

दमक (झापा) : हिमाली क्षेत्रमा चिसो बढेपछि जडिबुटीको व्यापार गरी घरायसी समानको जोहो गर्न तराई-मधेस झरेकाहरू फर्कने सुरसारमा लागेका छन्।  मंसिरदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने भए पनि त्यहाँका वासिन्दालाई पनि गरी खान गाह्रो पर्छ। त्यसैले उनीहरू वर्सेनि तीनदेखि चार महिनाका लागि तराई झर्छन्। त...

'शिकारी आँखा' : कविता :: Pahilopost.com

भावना शर्मा बुट्टेदार खाँबो मुसार्दै उभिइरहेछन् काजीसाब पुरानो घरको बार्दलीमा जाडो छल्न तराई झरेकै दिन उनले चुपचाप सुम्सुम्याए उही खाँबो जहाँ उनी रिंगटा लाग्नेगरी फन्का मार्थे सानामा जालैजालोले छोपेछ दलिन जहाँ घुसारेका थिए उनले केही थान गुलेली भित्ताभरी लहरै छन् धमिलिएका तस्वीरहरु तस्वीर धमिलिएपनि सङ्लै छन् सम्झना काजीसाबलार्इ लखेटिरह्यो