काठमाडौं। भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालिन आवास(ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर२८ साझापुरमा सञ्चालन गरिएको हो। १८महिना अगाडि शिलन्यास भएको सेल्टरमा एक करोड७२ लाख रुपैयाँमा निर्माण भएको हो। २तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा स्टोर गर्ने कोठा र अफिस कोठा रहेको छ।