काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ ।
पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो । हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो ।
भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि ब...