महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ […]

सम्बन्धित सामग्री

महिला क्रिकेट खेलाडीको मासिक तलब ५० हजार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीको ग्रेड निर्धारण गरी मासिक तलब तोकेको छ । क्यानले चार वर्गमा विभाजन गरी खेलाडीहरुको तलब तोकेको हो । सोमबार बसेको क्यान कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीहरुको ग्रेड निर्धारण गरेर यसअघिको रकममा निकै वृद्धि गरी मासिक तलब तोकेको हो । क्यान बैठकले राष्ट्रिय महिला टोलीका खेलाडी …

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो । पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको […]

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी पार्टनरमा माई पे

४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]

मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियासँग हुने महिला क्रिकेट शृंखलाको तयारीका लागि खेलाडीको प्रारम्भिक छनोट गरेको छ । क्यानले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । टिमको तयारीका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक सामसन जंग यसअघि नै जिम्मेवारी दिएको थियो । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले १५ जेठदेखि […]

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ । पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल...

नेपाल–भारत टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबारदेखि

ललितपुर  : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ।  काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए। सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम आइतबार दिउँसो नेपाल आउँदै छ। भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संघका कोषाध्यक

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो । वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको फाइनलमा […]

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

महिला क्रिकेट टिमले भारतीय टिमसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने

३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघको शनिबार बसेको बैठकले यही अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बीच टी-२० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय […]

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको […]