काठमाण्डाै – माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ । आज नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।
एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले (समाजवादी) दल दर्ताका&nb...