अंगोलामा केही उत्खननकर्मीले एउटा यस्तो दुर्लभ हिराको खोजी गरेका छन् जसलाई पछिल्लो ३०० वर्षको सबैभन्दा ठूलो गुलाबी हिरा मानिएको छ ।१७० क्यारेटको गुलाबी हिरालाई लुलो रोज नाम दिइएको छ । हाल यो शुद्ध रुपमा छ । अब यसको कटिङ र पोलिसिङ बाँकी छ । त्यसपछि यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ । अंगोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन् ।यो दुर्लभ गुलाबी हिरालाई ‘द लुलो रोज’ नाम यसकारण दिइयो किनभने यसको पत्ता लुलो खानीमा भएको हो । लुलो खानी अंगोलाको उत्तर–प