जेनेभा : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २ सयजनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सयजनामा सङ्क्रमण पुष्टि भएको छ भने अरू एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लुएचओका अधिकारीको भनाइ छ। मङ्कीपक्स भाइरसक