विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।
मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा धेरै जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको छ ।
डब्ल्यूएचओका अनुसार मङ्कीपक्सका कारण अहिलेसम्म विश्वभर पाँच जनाको ज्यान गएको छ । सङ्क्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकालाई जोगाउन आवश्यक कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको बीबीसी...