काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्। लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए। उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए।उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलाय