बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ ह