नेपाल उद्योग परिसंघ (सिएनआई) ले शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी मुलुकको वर्तमान आर्थिक समस्या समाधन गर्न अग्रसर हुन आग्रह गरेको छ । हालको मुलुकको आर्थिक वेवधानले निजी क्षेत्र निकै कठिन मोडमा पुगेको बताउँदै परिसंघले सोबाट बचाउन विशेष पहल गर्न मन्त्री बडूलाई आग्रह गरेको हो । भेटमा परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्र