आउँदो मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि नै सुरु हुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ …