शहिदनगरका मेयर चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

जनकपुरधाम : कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ।मेयर उदय कुमार बरबरिया (यादव) ले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन्। एम्बुलेन्सको अभावमा ग्रामिण भेगका नागरिकहरुलाई अस्पताल सम्म पुग्नलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता हटाएर बिरामीलाई समयमै अस्पताल पुर्‍याउन यस्तो निर्णय गरिएको यादवले बताए।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बरबरियाले आफूले प्रयोग गर्दै आएको प

सम्बन्धित सामग्री

कमिसनको लोभमा १ लाख ८० हजार तिरेर गाडी चढ्दै रास्कोटका मेयर

नगरपालिकाको आफ्नै दुई वटा गाडी भएपनि मेयर शाही कमिसनको लोभमा निजी स्कारपियो गाडी भाडामा लिएर चलाइरहेका छन्।...

चुनावी प्रतिबद्धताबाट पछि हटे मेयर, सरकारी गाडी चढ्ने घोषणा

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख (मेयर) नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै फेरि सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको उल्लेख छ । यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि

फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे - मेयर साह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताउनुभएको छ । काठमाण्डौ महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेकाे एम्बुलेन्स रोके सरह नै हुने बताउनुभएको हो ।  उहाँले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताउनुभयो । कारबाही नभएमा अराजकता फैलिने मेयर साहकाे भनाइ छ । याे पनि पढ्नुहाेस्फोहर बोक्ने गाडी तोडफोड गर्ने अपरा...

धरानका मेयर साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

काठमाडौँ । धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ । मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय हिजो (बिहीबार) कार्यपालिकाले बैठकबाट पारित भएको हो । मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए । ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो […]

सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

काठमाण्डाै - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उहाँले गाडी बेच्ने घोषणा गर्नुभएको हो । गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पारित गरिसकेको छ। मेयर राईले अहिले पनि सरकारी सुविधाको गाडी निकै कम चढ्ने गर्नुभएको छ । उहाँले व्यक्तिगत मोटरसाइकल चढ्दै आउनुभएको छ।

गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भ

जाउलाखेलमा गाडी दुर्घटना, मेयर रेनु दाहाल घाइते

१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो । टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ । सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र […]

भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थाम

कृष्णनगरका मेयर शाहले फिर्ता गरे सरकारी गाडी

कपिलवस्तु कृष्णनगरका मेयर रजत प्रताप शाहले निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।...

महानगरका ११ गाडी, एउटा गाडी एम्बुलेन्सलाई दिएपछि मेयर मोटरसाइकलमा

माेरङ – विराटनगर महानगरपालिकामा साना ठूला गरि ११ वटा चढ्न मिल्ने गाडी छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली  चढ्ने दुई वटा सावारी साधन छन्, एउटा ल्याण्ड रोभर र अर्को टाेयाेटाकाे फर्च्युनर । यी दुई सवारी साधनमध्ये मेयर पराजुलीले चढ्ने को १ झ ४९४ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नुभएकाे छ । मेयर पराजुलीले चढ्ने अर्को बा २ झ १३१५ नम्बरको ल्याण्डरोभर गाडी भने कार्यालयमा नै रहेको छ । फर्च्युनर गाडी एम्बुलेन्सको कामका लागि दिइएको भनेर घोषणा गर्नुभएसँगै मेयर &n...