काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताउनुभएको छ । काठमाण्डौ महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेकाे एम्बुलेन्स रोके सरह नै हुने बताउनुभएको हो । उहाँले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताउनुभयो । कारबाही नभएमा अराजकता फैलिने मेयर साहकाे भनाइ छ । याे पनि पढ्नुहाेस्फोहर बोक्ने गाडी तोडफोड गर्ने अपरा...