क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए