बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]