प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । &ls...

सम्बन्धित सामग्री

प्रचण्डपछि को बन्ला प्रधानमन्त्री ? ओली कि देउवा ?

काठमाडौं। सत्तागठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ। अर्थात् प्रचण्डले साढे दुईवर्ष सरकार चलाएपछि ओली बाँकी साढे दुईवर्षका लागि प्रधानमन्त्री बन्नेछन्। सामान्य रुपमा हेर्दा यो सहमति सहजै देखिएपनि कार्यान्वयनमा जान भने केही जटिलता देखिएका छन्। व्यवहारिक रुपमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपनि ओली सहजै प्रधानमन्त्री बन्न भने गाह्रो देखिन्छ ।

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। ओली पदमुक्त भएसँगै महान्यायाधिवक्ता बडाले समेत राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री ओली…

प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु

काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । एक व्यवसायी घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको बताइएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई... The post प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु appeared first on Purbeli News.

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेट हुँदै

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उहाँहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । भेट हुने ठाउँकाे बारेमा भने टुङ्गो नलागेको भट्टराईको भनाइ छ । माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।

मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् । उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए ।  ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका थिए । यसैबेला सांसद विमला ओली माओवादीतिर लागेपछि उनलाइ शंकट... The post राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा appeared first on Purbeli News.

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’

प्रधानमन्त्री ओली वामदेव भेट्न भैंसेपाटी जानु अर्थपूर्ण

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्। गौतम अस्वस्थ भएका कारण प्रधानमन्त्री भेट्न आएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए। पार्टी विभाजनपछि कतै पनि नलागेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन्। संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उनले पार्टी एकीकरणका लागि ओली र पुष्पकमल दाहाल दुवैलाई भेटेर दबाब दिएका थिए।   प्रधानमन्त्री ओली भैंसेपाटी जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गौतमपत्नी तुलसा थापा समानुपातिकतर्फकी सा...

राजीनामा लेख्दिन, अरु नै बाटा छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए ।  यदि अविश्वास प्रस्ताव ल्याए असफल पार्ने सामर्थ्य आफुसँग रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।  उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे । अविश्वास प्रस्ताव असफल पार्ने अंक गणित छ ? भन्ने प्र

म राजीनामा पत्र लेख्दिन : प्रधानमन्त्री ओली

१६ फागुन, काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिएनन् ? धेरैको प्रश्न छ । तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर छ । सर्वोच्चको फैसलाले संवैधानिक […]