उद्योगीहरू समस्यामै समस्यामा परेका हुन् ?

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला २ दिनमा तीन जनाले आत्महत्या गरेको समाचार पत्रिकाहरूमा आए । नेपालमा व्यवसाय गर्न वातावरण नै छैन भन्ने खालको सन्देश यी घटनाले दिएका छन् । मीटरब्याजीबाट पीडित भएर वा अन्य कारणले ऋण तिर्न नसकेपछि आत्महत्या गर्ने क्रम बढ्दो छ । समग्रमै अहिले आत्महत्या गर्नेको संख्या बढेको छ यसले आम नागरिकमा चरम निराशा छाएको र विकल्प नदेखेपछि यस्तो बाटो रोजेको पाइन्छ । यस्तो घटनाले अरूलाई पनि उत्प्रेरित गर्ने भएकाले समयमै राज्यले यो समस्यमा ध्यान दिनु आवश्यक छ । देशमा सर्वसाधारणदेखि उद्यमी तथा व्यवसायीहरूमाझमा बढ्दै गएको आर्थिक संकटको अवस्थाले नैराश्य बढाउँदै लगेको छ । अहिलेको अवस्थामा समाजदेखि राज्यले आर्थिक ‘डिप्रेसन’को विषयमा जिम्मेवार भएर सोच्नुपर्ने बेला आएको छ । यस्ता समस्याको बेलैमा समाधान गर्नेतर्फ नलाग्ने हो भने अवस्था अझ भयावह हुनसक्छ । सरकारले ऋण तिर्नुपर्ने समयलाई अलि बढाएर वा ब्याजदर घटाएर वा अन्य कुनै उपायले जनतालाई सहायता गर्नुपर्छ । धेरैजसो व्यवसायीको इतिहास हेर्ने हो भने उनीहरू कैयौंपल्ट असफल भएर नै पछि सफल भएका देखिन्छन् । असफलताले पनि व्यक्तिलाई निकै कुरा सिकाउँछ, व्यावसायिक अनुभव दिन्छ र उनीहरू सफलतातिर उन्मुख हुन्छन् । तर, अहिलेको समयमा भने धैर्य कम भएर हो वा सामाजिक परिवेश त्यस्तै भएर हो, हतारमा आत्महत्याको बाटो रोजेको देखिन्छ । वास्तवमा मुलुकमा व्याप्त चरम राजनीतिक विकृतिका कारण मानिसहरूले आशाको बाटो नदेखेर नै आत्महत्या रोजेका हुन् । कानून पालना र नीतिगत स्थिरता हुने हो भने असफल व्यक्तिमा पनि आत्मविश्वास पलाउन सक्छ । यो विकराल समस्या भइसकेकाले सरकारको पूरै कार्यशैलीमा सुधार नल्याए यस्ता घटना भइरहने देखिन्छ । नवीन कार्की हात्तीगौंडा, काठमाडौं

सम्बन्धित सामग्री

७४० उद्योगको ५३ करोड भाडा बक्यौता, नतिर्ने भन्दै आन्दोलन

२३ मंसिर, काठमाडौं । उद्योगीहरूसँग मिलोमतो गरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पाँच वर्षदेखि औद्योगिक क्षेत्रको भाडा नउठाएको खुलेको छ । तर, ठूलो मात्रामा भाडा बक्यौता उठाउन ताकेता गरिएपछि उद्योगीहरू आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०७५ पुषदेखि चालु आर्थिक वर्षको मंसिरसम्म उद्योगहरुबाट उठाउनुपर्ने करिब ५३ करोड रुपैयाँ नउठाएर सरकारी स्वमित्वको लिमिटेडलाई नोक्सानी पुर्‍याइएको छ । […]

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीहरू फेरि आन्दोलित

मकवानपुर- गत साउन १२ गते संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापन पत्र बुझाएपछि बनेको समितिले आधिकारिक निर्णय नगर्दै उद्योगीहरूलाई बक्यौतासहितको बिल पठाएपछि उद्योगीहरू आजबाट पुन: आन्दोलित भएका छन् । देशमा उद्योगहरू स्थापना गरी आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशमा रोजगारीका अवसरहरू सिर्जना गर्...

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीहरू फेरि आन्दोलित

मकवानपुर- गत साउन १२ गते संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापन पत्र बुझाएपछि बनेको समितिले आधिकारिक निर्णय नगर्दै उद्योगीहरूलाई बक्यौतासहितको बिल पठाएपछि उद्योगीहरू आजबाट पुन: आन्दोलित भएका छन् । देशमा उद्योगहरू स्थापना गरी आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशमा रोजगारीका अवसरहरू सिर्जना गर्...

उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्। काठमाडौंमा बिहीवार भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए। उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग […]

मदिरामा लगाइएको अन्त:शुल्क घटाउन उद्योगीहरू चलखेलमा, सरकारलाई ठुलो घाटा लाग्ने

काठमाडौं । मदिरामा सरकारले वृद्धि गरेको अन्त:शुल्क घटाउन मदिरा उद्योगीहरूले व्यापक चलखेल गरेको पाइएको छ । नेपाल सरकारले आर्थिक विधेयक २०७६ मार्फत मदिरामा अन्त:शुल्क वृद्धि गरेको थियो । उच्च मात्रामा खपत हुने मदिरामा सरकारले बढाएको अन्त:शुल्क घटाउन उद्योगीहरू लागि परेका हुन् ।

अर्थ र ऊर्जामन्त्रीकै जिल्लाका उद्योगीहरू विद्युत्बाट पीडित

वर्तमान मन्त्रीमण्डलका मुख्य सदस्य अर्थ, गृह, ऊर्जालगायत विभिन्न मन्त्रालय सम्हालेका वरिष्ठमन्त्री विष्णुप्रसाद पौडेलेको गृहजिल्ला रुपन्देहीका उद्योगी व्यवसायीहरू नेपाल विद्युत् प्राधिकरणका कारण पीडित भएको जनाउँदै उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको जनाएका छन् ।जबरजस्ती लादिएको ट्रन्कलाइन विद्युत्वापतको बिल भुक्तान गर्न बिल काटन थालेपछि उद्योगी व्यापारीले पत्रकार सम्मेलन गर्दै यस विषयमा मन्त्रिपरिषद्सम्म ज्ञापनपत्र बुझाउँदासम्म कुनै पहल नभएको […]

औद्योगिक कच्चा पदार्थको ढुवानी खर्च घटाऊ

नेपालमा उद्योग किन घटे वा उद्योगीहरू किन व्यापारतिर बढी आकर्षित भए भन्दा मुलुकमा उद्योगधन्दा चलाउनुमा नाफाको दर सोही वस्तु आयात गरेर बेच्दाभन्दा कम भएका कारण हो । नेपालमा उद्योगीहरू व्यापारतिर आकर्षण हुनुमा मुनाफा प्रमुख विषय हो, तर मुनाफामात्र कारण भने होइन । किनकि उद्योग सञ्चालन गर्न चाहिने औद्योगिक कच्चा पदार्थको महँगो मूल्यदेखि नियमित विद्युत् आपूर्तिका […]

सिजनमै उत्पादन घटाउँदै उद्योग

उद्योगमा कोभिडको दोस्रो लहरको असर कोरोनाका कारण लामो समय थलिएका उद्योगहरू उठ्ने तर्खरमा रहेकै बेला कोरोनाको दोस्रो लहरले उद्योगहरूलाई पुरानै अवस्थातर्फ धकेल्न सुरू गरेको छ । पछिल्ला तीन महिनामा उत्पादन क्षमता बढाउँदै गएका उद्योगीहरू वैशाखको पहिलो सातादेखि नै उत्पादन घटाउन थालेका छन् । उत्पादन क्षमता घटाउनुको मुख्य कारण बजार माग घट्नु नै भएको उद्योगीहरूले बताएका […]